+
Search

ताजा अपडेट +

पपुलर +

सचिवालयको निर्णायक बैठकअघि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली पुगे शीतलनिवास

पालिका लाइभ
२०७७ बैशाख २०, शनिबार

काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

विवाद सुल्झाउनका लागि निर्णायक हुने भनिएको पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री शीतलनिवास पुगेका हुन्।

प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेर फर्कंदै गर्दा सचिवालयका अरु नेताहरु बालुवाटार पुगिसेकेका थिए।

शनिबार अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालयको बैठक साढे पाँच बजेका लागि सारेर ओलीले त्यसबीचमा अन्य नेताहरुसँग परामर्श गरेका थिए।

परामर्शपछि उनी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ