+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना: २० लाख ५६ हजार संक्रमित, १ लाख ३४ हजारको मृत्यु, ५ लाख ११ हजार निको

पालिका लाइभ
२०७७ बैशाख ४, बिहीबार

काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या २० लाख ५६ हजार ५५ पुगेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ। त्यहाँ ६ लाख ३६ हजार ३ सय ५० जनालाई संक्रमण पुष्टि भइकेको छ।

त्यस्तै, स्पेनमा १ लाख ७७ हजार ६ सय ४४, इटालीमा १ लाख ६५ हजार १ सय ५५, जर्मनीमा १ लाख ३४ हजार ७ सय ५३, फ्रान्समा १ लाख ३४ ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल १ लाख ३४ हजार १ सय ७८ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अमेरिकामा बढी छन्। त्यहाँ २४ हजार ४ सय २९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, इटालीमा २१ हजार ६ सय ४५, स्पेनमा १८ हजार ८ सय १२, फ्रान्समा १७ हजार १ सय ६७, बेलायतमा १२ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, ५ लाख ११ हजार १९ उपचारपछि निको भइसकेका छन्। निको हुनेमा चीनका संक्रमित बढी छन्। त्यहाँ ७८ हजार ३ सय ११ जना निको भइसकेका छन्। त्यस्तै, जर्मनीमा ७२ हजार ६ सय, स्पेनमा ७० हजार ८ सय ५३ जना निको भइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ