गाेरखा- कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै युएनडिपीले गोरखाका ८ स्थानीय तहलाई ८० वटा (थर्मल गन) ज्वरो नाप्ने उपकरण हस्तान्त्रण गरेको छ ।
युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट, शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई सो यन्त्र हस्तान्त्रण गरेको हो ।
गोरखा जिल्ला अस्पताललाई सहित नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिका १२ शहिदलखन १०, आरुघाट १०, गण्डकी ९, धार्चे ८, सिरानचोक ८ र अजिरकोट गाउँपालिकालाई ६ वटा थर्मलगन उपलब्ध गराइएको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।
सो उपकरण भोलि सम्म सबै पालिकामा पुग्ने सापकोटाले बताए ।
यस्तै, ८ पालिकामा थर्मल गन पुग्ने भएपछि नगर/गाँउपालिका जनप्रनितिनिधीले सकरात्मक प्रतिक्रिया दिएका छन् ।
हाल सम्म कुनै पनि पालिकाले खरिद गर्न नसकिरहेको अवस्थामा युएनडीपिले अत्यआवश्यक सामान हस्तान्त्रण गरेको हो ।
प्रतिक्रिया