+
Search

ताजा अपडेट +

पपुलर +

रौतहटका १९ वर्षीय युवामा पनि काेराेना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

पालिका लाइभ
२०७७ बैशाख १, सोमबार

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ।

आइतबार तीन जनामा कोरोना भेटिएकोमा सोमबार फेरि दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रौतहट जिल्लाका १९ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको हो। उनी रौतहटमै क्वारेन्टिनमा बसेका थिए।

उनको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सोमबार पोजिटिभ भेटिएका हो।

सोमबार नै कैलालीको लम्की–चुहाकी ६५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित ब्रिफिङमा जानकारी दिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ