काठमाडौं- नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए।
मन्त्रालयले नेपालमा थप तीन जनामा भाइरसको संक्रमण भेटिएको पनि जानकारी दिए। मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता देवकोटाले यस्तो बताएका हुन्।
मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको प्रवक्ता देवकोटाको भनाइ छ।
कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन्।
भिडियाे
प्रतिक्रिया