+
Search

ताजा अपडेट +

पपुलर +

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको सन्देश– थप ऊर्जा आत्मविश्वास लिएर काममा फर्किनेछु

पालिका लाइभ
२०७६ फाल्गुन १९, सोमबार

काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत सम्बोधन गर्ने भएका छन्। बालुवाटारमा रेकर्ड गरिएको भिडियो सार्वजनिक हुने भएको हो।

प्रधानमन्त्री ओलीले भिडियोमार्फत राष्ट्र र देशबासीका नाममा सम्बोधन गर्नेछन्। उनको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिने समय तालिका छ।

सोमबार साँझ जारी गरिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले आफ्नो अनुस्पस्थितमा आइपर्ने काम गर्न आवश्यक संयन्त्रको व्यबस्था गरिएको उल्लेख गर्दै आफू समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न केही दिनको अस्पताल बसाइ र आराम पछि पुनः थप उर्जाका साथ काममा फर्कने बताए।

सन्देशमा प्रधानमन्त्रीले भने, ‘मेरो अस्पतालको बसाइमा सिङ्गो पार्टी सरकार र संसद र लाखौं कार्यकर्ताहरू क्रियाशील भएर काम गर्ने मा म विश्वस्थ छु । मेरा शीघ्र स्वास्थ्य लाभको कामना गर्नु हुने सबै मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

विश्वलाई नै पिरोलेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या लगायत वा अन्य भइपरी आउने समस्यामा निर्णय लिनका लागि संयन्त्र वा व्यबस्था मिलाएकोले सबैलाई ढुक्क रहन आग्रह गरेका छन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ