+
Search

ताजा अपडेट +

पपुलर +

प्रमाणपत्र तहपछि छोराछोरी पढाउन खर्च गर्दिनः मन्त्री पुन

पालिका लाइभ
२०७६ फाल्गुन १३, मंगलवार

रोल्पा- ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्ना एक छोरा र एक छोरीलाई प्रमाणपत्र तह (बीए) पछि आफूले खर्च दिएर नपढाउने घोषणा गरेका छन् ।

मन्त्री पुनले प्रमाणपत्र तहपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गरे ।

‘मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्न । म आर्थिक दायित्व लिन सक्दिन आफैं कमाएर पढ्नू भनिसकेको छु ।’

मन्त्री पुनले प्रमाणपत्र तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताए । उनले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षत गर्न अभिभावकहरुलाई आग्रह गरे ।

विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे ।

‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाई खाने होइन, आफैं कमाएर खानुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ