काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छन् ।
काठमाडौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दूषित मनसायका साथ आँखा लगाउने कुरा सैह्य नहुने उनको भनाइ छ ।
अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताइन् ।
मन्त्रालयको टोली र सुरक्षाकर्मीले टहरा भत्काएका थिए। अदालतमा विचाराधिन मुद्धाको छिनोफानो नहुँदै बोर्ड राखिएको भन्दै उनीहरु आक्रोशित भएका थिए।
मन्त्रालयका प्रवक्ता जनकराज जोशीले सरकारी श्रेस्तामा उक्त जग्गा सरकारको नाममा भएको प्रष्टाए। अतिक्रमित भएका अन्य क्षेत्रमा समेत सरकारी बोर्ड राख्ने जोशीले जानकारी गराए।
मन्त्रालयले आईतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो ।
मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाडेकी हुन् ।
प्रतिक्रिया