+
Search

ताजा अपडेट +

पपुलर +

अनशनरत डा. केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकप्टर रित्तै फर्कियो

पालिका लाइभ
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं- डडेल्धुरामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ ।

डा केसीले काठमाडौं आउन अस्वीकार गरेपछि उनलाई लिन गएको हेलिकप्टर फर्किएको हो ।

डडेल्धुरा अस्पतालमा केसीको उपचार सम्भव नभएपछि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकहरूले आग्रह गरेका थिए ।

डा.केसीले आफ्ना माग पूरा नहुन्जेलसम्म अनशन नतोड्ने अडान राखेका र काठमाडौं फर्किन अस्वीकार गरेपछि हेलिकप्टर फर्किएको हो ।

केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो ।

चिकित्सा शिक्षा सुधारका माग गर्दै कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ