गोरखा- जिल्ला जारी समानुपातिक मतगणनामा माओवादी र काँग्रेस वीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ ।
काँगेसले प्रतिनिधि सभातर्फ ३५ हजार ४१९ पाएको छ भने प्रयक्षमा गोरखाको क्षेत्र न १ मा विजयी हासिल गरेको माओवादी केन्द्रले १७ हजार ७३३ मत ल्याएका छन् ।
समानुपातिकमा तेस्रो स्थान ओगटेको नयाँ शक्ति पाटीले १८ हजार ०१३ मत ल्याएका छन् भने नेकपा एमालेले १७ हजार ८१३ मत याएको छ । जिल्लामा संगठन नै नभएको विवेकशील साझा पार्टीले ७६३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले निर्वाचन क्षेत्र न १ मा १९ हजार ०८० मत प्राप्त गरेको छ भने, माओवादी केन्द्रले १७ हजार १२५, नेकपा एमालेले ११ हजार ७८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । नयाँ शक्ति पाटीले पनि ६ हजार ५९९ मत प्राप्त गरेको छ ।
निर्वाचन क्षेत्र न २ मा माओवादी केन्द्र पहिलो बनेको छ । कुल ६० हजार १०९ मत खसेकोमा माओवादीले १७ हजार ६०८ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले भने १६ हजार ३३९ मत, नयाँ शक्तिले ११ हजार ४१४ र नेकपा एमालले ६ हजार ०३६ मत प्राप्त गरेको क्षेत्र न २ मा निवाचन अधिकृत एकनारायण लम्सालले जानकारी दिए ।
प्रतिक्रिया