+
Search

ताजा अपडेट +

पपुलर +

‘संघीय निजामती सेवा ऐनको विवाद निरूपण भइसक्यो, अब चाँडै पारित गर्छौँ’

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार

पर्सा– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पार्टी एमालेले देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

बिन्दबासिनी गाउँपालिका कमिटीले बहुवर्वाभाठ्ठामा आयोजना गरेको दोस्रो गाउँपालिका अधिवेशन कार्यक्रममा मन्त्री गुप्ताले एमाले नेतृत्वकाे सरकारले विकासका धेरै काम भएको चर्चा गर्दै उनले देशको विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको दाबी गरे ।

मन्त्री गुप्ताले २०५१ मा गठन भएको एमाले नेतृत्वको सरकार र २०७२ को राजनीतिक परिवर्तनपछि गठन भएको सरकारको नेतृत्वले गरेको विकासका कामले आम नागरिकको मन जितेको बताए ।

उनले भने,‘अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको थप आकाङ्क्षा पूरा हुनसक्छ ।’ एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको साथै जनता आवास कार्यक्रम र प्रत्येक गाउँलाई शहरसँग जोड्ने योजनाअन्तर्गत हुलाकी राजमार्गको योजना समेत नेकपा एमालेले ल्याएको उनले बताए ।

कांग्रेस र एमालेले नेतृत्व गरेको वर्तमान सरकारमा आफूले पाएको मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देशकै प्रमुख समस्याको रूपमा खडा भएको संघीय निजामती सेवा ऐनको विवाद पटक–पटक वार्ता र छलफल गर्दै अन्तिम चरणसम्म पुर्‍याएकाे उनकाे दाबी छ। सो ऐन केही दिनभित्रै पारित गरी राष्ट्रसेवक कर्मचारीहरूलाई खुसी दिने दाबी उनको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ