+
Search

ताजा अपडेट +

पपुलर +

संसद विघटन गर्ने माधव नेपालको चेतावनी !

पालिका लाइभ
२०७८ फाल्गुन २२, आईतवार

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् ।

‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ उनले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ, न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

२३ भदौदेखि एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।

माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ