+
Search

ताजा अपडेट +

पपुलर +

जसलाई प्रतिगमनकारी भनेर गठबन्धन बनायौं, उही शक्तिमा फर्किने खतरा आयो : प्रचण्ड

पालिका लाइभ
२०७८ फाल्गुन १४, शनिबार

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको बताएका छन् ।

माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो, अहिले उही शक्ति (एमाले) हाबी हुने खतरा देखिएको बताएका हुन् ।

प्रचण्डले भने, ’एमसीसीको समस्या समाधान होस, गठनबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयास गरिरहेका छौं । नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौ, जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौ, जसको भण्डफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ ।’

अहिलेको सत्ता गठबन्धन राष्ट्रियता,संविधान र लोकतन्त्र बचाउन बनेको भन्दै त्यसबेला एमसीसी कहिँ कतै नरहेको प्रचण्डले बताए । गठबन्धन र सरकार बनिसकेपछि पनि साझा कार्यक्रममा कहिँ कतै एमसीसीको चर्चा नगरिएको उनको भनाइ रहेकाे थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ