+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं

पालिका लाइभ
२०७८ फाल्गुन ८, आईतवार

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् ।

आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।

‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निर्णय गरेको थियो ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले उक्त निर्णयको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ