+
Search

ताजा अपडेट +

पपुलर +

बजेटको ब्रिफकेस फुटाइदिएका अर्थमन्त्री शर्मा जब दौडिँदै रोस्ट्रममा पुगे

पालिका लाइभ
२०७८ भाद्र २५, शुक्रबार

काठमाडौं- प्रमुख प्रतिपक्ष दल एमालेको नारावाजी र अवरोधका बीचमा अर्थमन्त्रीले जनार्दश शर्माले आर्थिक अध्यादेश पेस गरेका छन् ।

सभामुखले अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्न समय दिएपछि दौडेर रोस्टममा पुगेका थिए । राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश र आर्थिक अध्यादेश अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेका छन् ।

शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाए । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए ।

उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ