+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस गाेरखाको अधिवेशन : ८९ वटा वडा निर्विरोध, ५ वडामा चुनाव

पालिका लाइभ
२०७८ भाद्र २१, सोमबार

गाेरखा- नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको ९४ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन आज सोमबार सकिएको हो । कांग्रेस गाेरखाका काेषाध्यक्ष कृष्ण आलेकाअनुसार,  ८९ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ भने ५ वटा वडामा चुनाव भएको हाे ।

निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएका वडामा गाेरखा नगरपालिका- १२ र १४, पालुङटार नगरपालिका-७, गण्डकी गाउँपालिका-३ र भिमसेन थापा गाउँपालिका-३, रहेका छन् ।

वडा अधिवेशनबाट वडा सभापति, उपसभापतिमा २ जना, सचिवमा २ जना, सह–सचिवमा २ जना, कोषाध्यक्ष र सदस्यहरु चयन भएका छन् । समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ । ११ वटा स्थानीय तह रहेकाे गाेरखामा नगरपालिका तर्फ २४ र गाउँपालिकातर्फ ७० वडा छन् ।

१३ औँ जिल्ला अधिवेशनमा ७ मा  सात हजार सदस्य संख्या रहेकोमा १४ औँ अधिवेशनमा ५ हजार भन्दा थपिए कृयाशिल सदस्य १२ हजार २१५ पुगेकाे छ । पार्टी कार्यालय अनुसार गोरखाको निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ६९५ र क्षेत्र नं.२ मा ५ हजार ५२० जना क्रियाशील सदस्य रहेका छन् ।

भदौ २७ गते गाऊँपालिका तथा नगरपालिका, असोज १ गते प्रदेश निर्वाचन क्षेत्र र असोज १० गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ । प्रदेश अधिवेशन असोज १० देखि १२ गतेसम्म र केन्द्रिय महाधिवेशन मंसीर ९ देखि १३ गतेसम्म गर्ने गरि काँग्रेसले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ