+
Search

ताजा अपडेट +

पपुलर +

यो निर्वाचनबाट नभइ कुबाटोबाट आएको प्रतिगमनकारी सरकार हो : केपी ओली

पालिका लाइभ
२०७८ श्रावण १७, आईतवार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कुबाटोबाट बनेको बताएका छन्। आइतबार पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्‍याए।

‘निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यसलाई प्रतिगमन भनिँदैन। तर, निर्वाचनको माध्यम र जनादेशको बाटोबाट होइन, कुबाटोबाट सरकार बन्यो’, ओलीले भने।

उनले सरकार गठनको लागि आफ्नै पार्टीका नेताहरुले सहयोग गरेको भन्दै असन्तुष्टि जनाए। ‘हाम्रै पार्टीका केही नेताहरु दक्षिणपन्थीको पछिपछि नलागेको भए यो अवस्था आउने थिएन। उनीहरुले निर्लज्ज र धोकेवाज काम गरे’, उनले भने।

ओलीले पाँच दलीय गठबन्धनमा माधवकुमार नेपाल पक्षको सहभागिताप्रति पनि आक्रोश व्यक्त गरे। ‘आफ्नो सरकार ढालेर प्रतिपक्षमा पुर्‍याइएको छ र सत्ता पक्षको बैठक भन्दै बेसरम हुँदै सहभागिता जनाइएको छ’, उनले भने। उनले यो देशको विकास र सुशासनको लागि कम्युनिस्ट नै चाहिने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ