+
Search

ताजा अपडेट +

पपुलर +

ओली समूहको छलफल- ‘चुनावको मिति दायाँबायाँ हुँदैन, तयारी गर्नू, सूर्य र नेकपा हाम्रै हो’

पालिका लाइभ
२०७७ माघ १, बिहीबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् ।

बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको एक नेताले जानकारी दिए ।

‘देशभरि भइरहेका पार्टीका कार्यक्रमहरु । सर्वोच्चको मुद्दामा भइरहेको छ । कहाँ कसरी गहिरहेको छ । निर्वाचन आयोगमा के भइरहेको छ भनेर बिफ्रिङ भयो,’ छलफलमा सहभागी स्थायी कमिटी सदस्यले सुनाए ।

‘अब निर्वाचनमा जाने हो । १७ र २७ गतेबाट एकदिन ढिलाइ हुनुहुँदैन,’ उनले भने । आधिकारिता आफूहरुकै पार्टीले पाउने भन्ने कुरामा दुईमत नरहेको पनि उनले बताए ।

‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक त गर्न सक्दैन । त्यस्तो अवस्थामा को हुन्छ र आधिकारिक ? सूर्य चिह्‍न र नेकपा हाम्रै हो,’ ती सदस्यले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ