+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आयोगमा ओली पक्षको दाबी : नेकपा फुटेको छैन, दोस्रो अध्यक्ष प्रचण्ड हुन् [पूर्णपाठ]

पालिका लाइभ
२०७७ पुष २९, बुधबार

काठमाडौँ– काठमाडौं – केपी शर्मा ओली नेतृत्वको नेकपाले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जवाफ निर्वाचन आयोगमा पठाएको छ।

आयोगले बिहीबार नेकपाका दुवै पक्षलाई सुधारसहित जानकारी पठाउनू भनी पत्र पठाएको थियो। सोही आधारमा ओली पक्षले ऐन–नियम र पार्टीको विधानअनुसार आयोगमा पत्र पठाएको जानकारी दिएको छ।

पत्र लिएर नेकपा नेता सुवास नेम्बाङसहितको टोली आयोग पुगेको थियो। पत्रमा नेकपा विभाजन नभएको उल्लेख गर्दै प्रचण्ड दोस्रो वरीयताका अध्यक्ष भएको उल्लेख छ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु। द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ,’ आयोगलाई अध्यक्ष ओलीले लेखेका छन्, ‘यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ।’

नेपाललाई अध्यक्ष बनाइएको भन्दै दाहाल-नेपाल पक्षले आयोगलाई पठाएको पत्रको औचित्य र वैधानिकता नभएको पत्रमा लेखिएको छ।

‘मेरो नेतृत्वमा आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी सो महाधिवेशन नभएसम्मका लागि पार्टीको प्रमुख पदाधिकारी तथा प्रथम अध्यक्षको नाताले पार्टी एकीकरण गर्दाको मर्म, भावना अनुरुप र विधानको धारा १८ (झ) (२) र ५ बमोजिम गठन भएको केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल साविकमा झै दुई नम्बर अध्यक्ष हुनुहुन्छ,’ पत्रमा लेखिएको छ।

हेर्नुहोस् अध्यक्ष ओलीले आयोगमा पठाएको पत्रको पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ