+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा नेतालाई बाबुरामको प्रश्न : ओलीलाई कसरी बोकेर यहाँसम्म ल्याउनुभो? [भिडियाे]

पालिका लाइभ
२०७७ पुष २२, बुधबार

काठमाडौं- जनता समाजवादी पार्टीका(जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक क्यान्सर भएको टिप्पणी गरेका छन्।

सबै राजनीतिक दलहरुवीच काठमाडौमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले केपी ओलीमा भएको क्यान्सरले सबैलाई खाने खतरा देखिएको बताए।

‘केपी ओली राजनीतिक क्यान्सर हुन्। नेकपाभित्र पलाएको त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाई (नेकपा कार्यकर्ता)लाई त खान्छ, खान्छ हामीलाई पनि खाने खतरा छ,’ उनले जोड् दिँदै भने, ‘हामीले संयुक्त आन्दोलन जोड्न नसके जनता आउँदैन जनता नआए राजनीतिक क्यान्सलाई फाल्न सकिँदैन।’

सबै दलका नेताहरूप्रति आमजनताको राम्रो इमेज नभएको बताउँदै भट्टराईले जनतालाई आन्दोलनमा उतार्न मिलेर संर्घष गर्नुको विकल्प नरहेको बताए।

‘तपाई हाम्रो इमेज त्यसैपनि राम्रो छैन। हामी सबैमा आमजनतामा वितृष्णा छ। केपी ओलीले यसो गरे आउँनुस् भन्यो भने तिमीहरु कुन मुलाको ड्याङ होस् भन्छन्,’ भट्टराईले भने, ‘त्यसैले आत्मसमीक्षा गरेर संघीय लोकतान्त्रिक व्यवस्था बचाउँन संयुक्त आन्दोलन गरेर जाने वातावरण बनाऔँ।’

‘नेकपासहित कांग्रेसलाई केपी ओलीले चुनाव गराउँछन्’ भन्ने भ्रमबाट मुक्त रहन भट्टराईले आग्रह गरे।

‘नेकपा साथीहरुमाथि अझै आशंका छ। केपी ओली न्याक्दा विरोध गर्नुभएको छ,’ भट्टराईले स्पष्ट पार्दै भने, ‘फेरि केपी ओलीलाई बोकेर सँगसँगै जाऔं भनेर आन्दोलन जाने बीचमा छोडेर जानुभयो भने हामी यता न उता हुन्छौँ। त्यो नहोस् भन्ने विश्वास दिलाउन स्पष्ट पार्नुस्।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ