+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई बादलको सुझाव- प्रधानमन्त्री पद चाहिए चुनावमा जानुस्

पालिका लाइभ
२०७७ पुष २०, सोमबार

चितवन– नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान प्रचण्डलाई सुझाव दिएका छन् ।

उनले प्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेको आरोप लगाउँदै मध्यावधि निर्वाचनमा गएर प्रधानमन्त्री हुन सक्ने बताए । पार्टीको अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्न सक्नुपर्ने मन्त्री बादलको भनाइ छ ।

नेकपा ओली समूहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले पुरानो संसद व्यूँताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने दाबी गरे ।

पार्टीभित्र प्रचण्ड-माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट केपी ओलीलाई हटाउने षडयन्त्र गरेपछि संंसद विघटन गर्नुपरेको मन्त्री थापाको जिकिर छ ।

मन्त्री थापाले नेतृत्वलाई अपदस्थ गर्ने प्रचण्ड-माधव समूहको नीति र विचार सही नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ