+
Search

ताजा अपडेट +

पपुलर +

चुमनुब्री गाउँपालिकामा बाहिरका मानिसहरुकाे प्रवेशमा रोक

पालिका लाइभ
२०७७ आश्विन ३०, शुक्रबार

गोरखा- जिल्लाकाे उत्तरी क्षेत्रमा रहेकाे चुमनुब्री गाउँपालिकामा पालिका बाहिरका मानिसहरुकाे प्रवेशमा रोक गाईएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै पालिकाले बाहिरबाट व्यापार तथा मजदुरी गर्न आउने नागरिकहरुकाे प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको बैठकले अर्को निर्णय नहुन्जेलसम्मका लागि त्यस्ता नागरिकलाइ जगतमा रोक्ने निर्णय गरेको हो ।

बैठकले अन्यत्रबाट आउने स्थानीय नागरिकलाइ ७ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

स्थानीय पसल तथा होटलमा ब्यापार गर्दा अनिवार्य रुपमा भाैतिक दुरी कायम गर्न,स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न पनि पालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ