काठमाडौं– बाढीले पुल बगाएपछि अवरुद्ध पृथ्वी राजमार्ग आज पनि सञ्चालनमा आउने सम्भावना न्यून छ।
अविरल वर्षापछिको बाढीले सोमबार धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुल बगाएपछि यातायात अवरुद्ध छ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मौसमले साथ दिए बिहीबार रातिसम्ममा सञ्चालनमा आउने जानकारी दिए।
‘अहिले कटान भएको पुलमा पर्खाल लगाएर पुर्ने काम भइरहेको छ। पानी नपरेको अवस्थामा बिहीबार रातिसम्म काम सम्पन्न हुनसक्छ, नभए भोलि सञ्चालनमा आउछ,’ शर्माले भने। तर लगातार परिरहेको पानीले अवरोध पु¥याइरहेको महानिर्देशक शर्माले बताए।
प्रतिक्रिया