गाेरखा- सिरानचाेक गाउपालिकालाइ वडा न ५ छाेप्राकका स्थानियले करिव ५० राेजनी जग्गा निशुल्क दिने घाेषणा गरेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीका स्थानिय नेताहरूकाे बैठकले गाउपालिकालाइ निशुल्क जग्गा उपलब्ध गराउने निर्णय गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता जयकृष्ण ढकाल, नेकपा उपसंसदीय दलका नेता विमला गुरूङ, नेकपाका सदस्य इश्वर गुरूङ र जनता समाजवादी पार्टीका सदस्य सन्ताेष गुरूङ सहितका स्थानिय नेताहरूकाे उपस्थितिका साे निर्णय भएकाे हाे ।
गाउपालिकालाइ हाल कम्तिमा पनि ५० राेपनी जग्गा निशुल्क उपलब्ध गराउने र भविष्यमा अावयकता अनुसार चाहेकाे समयमा अन्य जग्गा समेत उपलब्ध गराउन स्थानिय राजी भएकाे स्थानिय इश्वर गुरूङले बताए ।
सम्बन्धित समाचार : सिरानचोक गाउँपालिकाको केन्द्र ‘चित्रेपोखरी’
गाउपालिकाकाे केन्द्र हाल साविककाे छाेप्राक गाउ विकास समितिकाे भवन ‘मैदान’मा छ । गाउपालिकालाइ मैदानमा जग्गा नअपुग भएपछि पालिकाले जग्गा प्राप्ति लागि समिति गठन गर्याे ।
साेहि समितिले जग्गाकाे खाेजी गर्दै जाँदा हरेक वडालाइ केन्द्र हुने मध्य भागका रूपमा चित्रेपाेखरीमा राख्न सुझाव दियाे ।
गाउकार्यपालिकाकाे २१अाैं बैठकले पालिकाकाे केन्द्र सार्न १६ पालिकाका सदस्य मध्ये १३ सदस्य प्रस्तावक भएर पेश गरे । यसमा वडा न ४ का वडाअध्यक्ष दिपक हमालले फरक मत राखेका छन्। भने बाँकि सदस्य तटस्थ छन् ।
स्थानिय सरकार एेन अनुसार गाउकार्यपालिकाकाे बहुमतका अाधारमा बढिका एकपटक मात्र केन्द्र सार्न सकिने कानुनी व्यवस्था छ । सिरानचाेककाे हकमा हालसम्म केन्द्र सार्न कुनैपनि निर्णय भएकाे छैन् ।
केन्द्र विवादका कारण अासार १० गते ल्याउनुपर्ने बजेट समेत राेकिएकाे छ । पालिकाकाे अधिबेशन तथा सभा असार ३१ मा हुदैं छ । साेहि सभाबाट गाउपालिकाकाे केन्द्र टुङ्गाे लाग्न छ।
प्रतिक्रिया