+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आजमात्रै ७४० थपिए

पालिका लाइभ
२०७७ असार १९, शुक्रबार

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ।

हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ८ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी संक्रमित छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ