गाेरखा- अजिरकाेट गाउपालिका वडा न ५ ले जेेेष्ठ २०गते सम्मका लागि वडाका सबै नाकाबाट प्रवेश निशेध गरेकाे छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वपक्षीय भेलाले विभिन्न जिल्लामा काेराेनाका विरामी बढेपछि वडा कार्यालयले स्थानीय युवाहरूकाे सहयाेगमा वडा प्रवेश गर्ने सबै नाका निशेध गर्ने निर्णय गरेकाे हाे ।
भेलाको निर्णय अनुसार प्रभावकारी कार्यान्वयनको लागि स्थानीय युवा वावुराम देवकोटाको नेतृत्वमा २० सदस्यीय मोबाईल टिम गठन गरिएको छ ।
टिमले भोलि (मंगलबार) देखी वडाका प्रत्येक नाकाहरुमा निगरानी गर्ने, माइकिङ गर्ने तथा अपरिचित व्यक्तीहरु आएमा वडाको समन्वयना पहिचान गरि व्यवस्थापनको कार्यमा सहजीकरण गर्ने निर्णय गरेको वडाले जनाएको छ ।
वडा न ५ जानका लागि चनाैटाे, वडा न ४ काे झ्यावाँ, वडा न ३ काे हंसपुरकाे भच्चेक लगायका नाकामा सिल गरिएकाे वडा अध्यक्ष झलप्रसाद देवकाेटाले बताए ।
वडाअध्यक्ष देवकाेटाका अनुसार चनाैटाै हुदै अजिरकाेटकाे मुच्चाेक प्रवेश गर्नेलाइ निषेध नै गरिएकाे छ । त्यस्तै, मुच्चाेक प्रवेश गर्ने नाका हुदैँ जाने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
वडाको थानिथान स्थित पुरानो गाविस कार्यालयको भवन र एकीकरण नेपालले निर्माण गरेको नमुना भवनलाई तत्कालीन अवस्थामा क्वारेन्टाइन बनाइने निर्णय भएको छ ।
स्थानिय युवाहरकाे पहलमा केहि समय अघि पनि वडामा सञ्चालित किराना तथा भट्टि पसलमा अगुमन गरेकाे थियाे ।
अनुगमनमा अखाध्य तथा सडेगलेकाे समान फेला पारेकाे थियाे। त्याे समयपछि वडामा सञ्चालितल हरेक भट्टि पसल बन्द गरिएकाे स्थानिय युवा राेशन देवकाेटाले जानकारी दिए ।
तर दैनिक उपभाेग्य सामाग्री खरिद व्रिक्रिका लागि भने दैनिक विहान ७ बजेदेखि १० बजेसम्म किराना पसल सामाजिक दूरी कायम गरि खुला गरिने वडाअध्यक्ष देवकाेटाले बताए ।
प्रतिक्रिया