+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा जिल्ला ५ गतेसम्म ‘सिल’, सबै ई-पास समेत रद्व

पालिका लाइभ
२०७७ जेष्ठ १, बिहीबार

गोरखा- गोरखा जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका जेठ १ गतेदेखि ५ गते सम्म सिल हुने भएको छ।

कोरोना सम्बन्धी जिल्ला स्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति र कोरोना क्राइसिस मेनेज्मेन्ट सेन्टरको आजको संयुक्त वैठकले यो निर्णय गरेको हो।

निर्णय अनुसार ‘तत्काल उपचार आवश्यक परेका भनि चिकित्सकबाट रिफर भएको बिरामी बोकेको एम्बुलेन्स, दुर्घटनामा परी तत्कालै उपचार आवश्यक परेको घाईते बोकेको सवारी साधन, लास एवं मलामी, कृयापुत्री बोकेको सवारी साधन, सुरक्षाकर्मी, सुरक्षा अधिकारी, जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेसपास भएको सञ्चारकर्मी तथा वडाध्यक्ष र सो भन्दा माथिका जनप्रतिनिधी सवार सवारी साधनलाई बाहेक जिल्ला भित्र र बाहिर गर्न पुर्ण रुपमा रोक लगाउने’ भन्ने निर्णय भएको छ ।

बैठकले जिल्ला भित्र हुने खाद्यान्न, निर्माण सामाग्री ढुवानीलाई पनि पुर्ण रुपमा बन्देज लगाएको छ ।

वैठकमा उपस्ति सबैले जिल्ला सदरमुकाममा बैकिङ कारोबार सुरु गर्दा मानिसहरुको भिड बढेको गुनासा गरे संगै जिल्ला भित्र सञ्चालित बैंक, बित्तिय संस्था, बिमा तथा सहरकारीहरुको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

तर दैनिक उपभोग्य बस्तु अन्तरर्गतका खाद्यान्न, तरकारी, पशुपंक्षिका दाना, औषधी तथा माछामासुका पसल भने खोल्न अनुमती दिएको छ । यि बाहेक अन्य सबै प्रकारका पसलहरुलाई खोल्न पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ

जिल्लाको आरुघाट, सिउरेनीटार, मझुवा, नयाँपुल, तुरतुरे गरी पाँच स्थानमा चौविसै घण्टा सुरक्षाकर्मी खटाई जिल्ला प्रवेशलाई निषेध गर्ने नीति जिल्लाको कमाण्ड पोष्टले लिएको छ ।

विरामी बोकेका भैपरी आउने प्रकोप, लास बोक्ने गाडिका लागि भने सवारी चलाउन सहजीकरण गर्ने भएको छ ।

बैठकले यस भन्दा अगाडी जारी गरेको जिल्ला बाहिर जाने र विकास निर्माण सम्वन्धी सबै ई पासहरुलाई समेत रद्व गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ