काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव नरहेको बताएकी छन्।
केही दिनदेखि बजारमा ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि उनले यस विषयमा स्पष्ट पारेकी हुन्।
बजारमा ग्यासको मौज्दात र आपूर्ति अवस्थाबारे मन्त्रालयले नियालिरहेको उल्लेख गर्दै उनले उपभोक्तालाई त्रसित नहुन आग्रह गरिन्।
ग्यास वितरणका क्रममा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अति आवश्यक मात्रामा मात्र ग्यास खरिद गरी स्थिति सहज बनाउन सहयोग गर्न अनुरोध गरेको छ।
अनावश्यक रूपमा ग्यासको सञ्चित नगर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ।
साथै मन्त्री यादवले बजारमा देखिएको हालको समस्यालाई तत्काल समाधान गरी आपूर्ति व्यवस्थालाई पूर्ववत् सहज बनाउन निगमलाई निर्देशनसमेत दिएकी छन्।
निगमले बजारको अनुगमन र वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने जनाएको छ।
प्रतिक्रिया