+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा सेवा दिन खोज्दै एलन मस्कको कम्पनी, सञ्चारमन्त्रीसँग निर्देशकको भेट

पालिका लाइभ
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं– स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् ।

भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकी मन्त्रालयको सचिवालयले जनाएको छ ।

लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखेकी थिइन् ।

व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।

उक्त भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया अनुरुप सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने बताएका थिए ।

स्मरण रहोस्; स्टारलिंक विश्वप्रख्यात अमेरिकी धनाढ्य एलन मस्कको हो । मस्क यस कम्पनीका संस्थापक तथा कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ