काठमाडौं– निर्वाचन आयोगले आसन्न चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारसामु सिफारिस गरेको छ।
आयोगले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो।
आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले बिदाको निर्णय गर्नेछ।
स्रोतका अनुसार आयोगको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेको छ।
फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागुपूर्णिमाको बिदा छ। यस्तै २३ गते शनिवार परेको छ। यस आधारमा एक साता सार्वजनिक बिदा हुने भएको छ।
अझ महिलाहरूका लागि फागुन २४ गते नारी दिवसको बिदा छ।
प्रतिक्रिया