+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

आर्थिक वर्ष २०८२/०८३ को बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठ)

पालिका लाइभ
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ।

अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्।

यसअनुसार मन्त्री पौडेलले चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको छ।

यो अनुमान चालू आवमा विनियोजितभन्दा ५.६ प्रतिशतले धेरै र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको अर्थमन्त्री पौडेलले बताए।

‘कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरेको छु’, उनले भने।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ