+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’

पालिका लाइभ
२०८२ बैशाख २७, शनिबार

काठमाडौं- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ ।

पाकिस्तानी अधिकारीहरूले सरकारी सञ्चारमाध्यम मार्फत जनाएका छन् । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले भारतविरुद्ध प्रत्याक्रमणबारे जानकारी गराएको हो ।

पाकिस्तानी अधिकारीहरूले भारत विरुद्धको प्रत्याक्रमण अपरेशन ‘बुन्यान उल मर्सूस’ नामबाट सुरु भएको पुष्टि गरेका छन् । जसको अर्थ अरबीमा “सिसाको पर्खाल” हो । पाकिस्तानका सैन्य प्रवक्ताले शनिबार बिहान सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्दै भारतले नुर खान बेस, मुरिद बेस र शोरकोट बेसलाई निशाना बनाएको बताए ।

रावलपिंडीमा रहेको नुर खान एयर बेस, जहाँ सेनाको मुख्यालय छ, उक्त स्थान पाकिस्तानी राजधानी इस्लामाबादबाट लगभग १० किलोमिटर टाढा रहेको समाचारहरूमा उल्लेख गरिएको छ ।

घना बस्ती भएको क्षेत्र रावलपिंडीमा रहेको नुर खानमा बिहानै भएको आक्रमणले ठूलो आतंक मच्चाएको र बासिन्दाहरू सडकमा दौडिरहेका देखिएको समाचारहरूमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ