+
Search

ताजा अपडेट +

पपुलर +

बैंकको ब्याजदर ५ प्रतिशत भन्दा तल झर्‍यो, ८ बैंकले घटाउँदा बाँकीको स्थिर

सर्वाधिक ब्याज दिनेमा एनएमबि बैंक

पालिका लाइभ
२०८२ चैत्र ३०, सोमबार

काठमाडौं– वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि प्रकाशन गरेको ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् ।

विवरण अनुसार १० बैंकको ब्याजदर स्थिर छ ।

यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन् ।

त्यस्तै, ९ बैंकले ब्याजदर घटाएका छन् ।

यी बैंकहरूमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।

सिद्धार्थ बैंक तथा एनआईशी एशिया बैंकले मुद्दतीतर्फ व्यक्तिगत र संस्थागत दुवैतर्फ अधिकतम ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले तल झारेको छ ।

हिमालयन बैंकले क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले तल झार्दा अन्य बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन् । नबिल बैंकले भने संस्थागत निक्षेपको ब्याज मात्रै घटाएको छ ।

व्यक्तिगततर्फ सिटिजन्स बैंकले ०.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.२५, एभरेष्ट बैंकले ०.२०, कुमारी बैंकले ०.०७, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०१ प्रतिशत विन्दुले घटाउँदा नबिल बैंकले संस्थागततर्फ ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

यसपटक ब्याजदर बढाउने एकमात्र बैंक कृषि विकास बैंक रहेको छ ।

उक्त बैंकले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा ०.०३ प्रतिशत विन्दुले वृद्धि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ