+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, खुल्यो आवेदन

पालिका लाइभ
२०८२ चैत्र २१, शनिबार

काठमाडौं– ग्लोबल आईएमई बैंकले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने भएको छ ।

बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन संस्करण आयोजना गरेको थियो । कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन दोस्रो संस्करण आगामी मे २९ देखि ३१ सम्म आयोजना हुनेछ ।

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन मे ४ भित्र बैंकको वेवसाइट मार्फत् आवेदन दिन सकिनेछ । ‘पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले ह्याकाथनको दोस्रो संस्करण आयोजना हुन लागेको हो’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले दि अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्सन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्सन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणा प्रस्तुत गर्नुपर्नेछ ।

बैंकका अनुसार उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ