+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकले प्रकाशन गर्‍यो २०८३ सालको क्यालेन्डर

पालिका लाइभ
२०८२ चैत्र ८, आईतवार

काठमाडौं– एभरेस्ट बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्त्विक महत्त्वका विषयवस्तुहरूलाई समेटेर कर्पोरेट क्यालेन्डर प्रकाशन गर्दै आएको छ । यसै परम्परालाई निरन्तरता दिने क्रममा बैंकले २०८३ सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने ‘नेपालको विकास यात्रा: नवप्रवर्तनका आयाम’ लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरे । उक्त समारोहमा बैंकका सञ्चालकहरू लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

बैंकका हाल १४ लाखभन्दा बढी ग्राहक छन् भने देशैभरि १३३ शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ