+
Search

ताजा अपडेट +

पपुलर +

चैतका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए, कुन बैंकमा कति पाइन्छ ?

पालिका लाइभ
२०८२ चैत्र २, सोमबार

काठमाडौं– चैत महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४९ प्रतिशतमा झरेको छ।

यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्।

संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ।

चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ। उक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो।

त्यस्तै कृषि विकास बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन्।

चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत ब्याजदर कायम गरेको छ। फागुन महिनामा यस्तो निक्षेपको ब्याजदर ४.२५ प्रतिशत थियो।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन फागुन महिनामा ४.२५ प्रतिशत रहेको थियो।

नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ, जुन फागुन महिनामा ५.१ प्रतिशत थियो।

कुमारी बैंकले चैत महिनाका लागि ४.१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ, जुन फागुन महिनामा ४.४३ प्रतिशत थियो।

ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत थियो।

त्यस्तै प्राइम कमर्सियल बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ, जुन फागुन महिनामा ४.२५ प्रतिशत थियो।

नेपाल एसबिआई बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। फागुन महिनामा पनि सोही दरमा ब्याज दिइएको थियो।

एभरेष्ट बैंक र सिद्धार्थ बैंकले पनि चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यी बैंकहरूले फागुन महिनामा पनि सोही दर कायम गरेका थिए।

त्यस्तै माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। यी बैंकहरूले फागुन महिनामा पनि सोही दर कायम गरेका थिए।

त्यसैगरी प्रभु बैंक र नबिल बैंकले चैत महिनाका लागि ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्। फागुन महिनामा पनि यी बैंकहरूको ब्याजदर सोही दरमा रहेको थियो।

चैत महिनाका लागि हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुन महिनामा पनि यी बैंकहरूको ब्याजदर सोही दरमा रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ