+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

पालिका लाइभ
२०८२ माघ २७, मंगलवार

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन निर्देशन दिएकी छन्।

मंगलबार डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा खोप अभियानको उद्घाटन गर्दै उनले स्वास्थ्य विभाग र मातहतका सबै पक्षलाई यो अभियान सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन्।

पाठेघरको मुखको क्यान्सर प्रतिरोधी यो खोप सरकारले निःशुल्क उपलब्ध गराएको हो। यसअघि शुल्क तिरेर लिनुपर्ने यो भ्याक्सिन अहिले विद्यालय तहमै निःशुल्क उपलब्ध गराइएकाले धेरैभन्दा धेरै किशोरीहरूले यसबाट लाभ लिनुपर्ने डंगोलले बताइन्।

‘यो कार्यक्रम महानगरभरिका सबै स्कुलहरूमा लागू भइरहेको छ, यसलाई व्यवस्थित रूपमा अघि बढाई धेरैभन्दा धेरै बहिनीहरूले लाभ लिऊन् भन्ने हाम्रो चाहना छ,’ उनले भनिन्।

पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूको ज्यान जाने क्रम बढेपछि सरकारले यसको प्रतिरोधका लागि देशव्यापी रूपमा खोप अभियान सञ्चालन गरेको हो।

महानगरले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा यो अभियान सञ्चालन भइरहेको जानकारी दिँदै खोप लिन बाँकी किशोरीहरूलाई सहभागी हुन आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ