+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बैंक र ॐ हस्पिटलबीच सहुलियतपूर्ण स्वास्थ्य सेवासम्बन्धी सम्झौता

पालिका लाइभ
२०८२ पुष २५, शुक्रबार

काठमाडौं– नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलमा रहेको ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.ली.बीच सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

२०८२ साल पौष २३ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकहरूले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदा लाग्ने शुल्कमा विशेष छुट पाउनेछन्।

सम्झौताअनुसार अस्पतालले उपलब्ध गराउने विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले तथा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.ली.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओम बहादुर महतले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकका ग्राहकहरू ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबाट प्रदान गरिने सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवाबाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ