+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको खराब कर्जा ८ प्रतिशत नजिक, खुद नाफा २४ प्रतिशतले घट्यो

पालिका लाइभ
२०८२ माघ १४, बुधबार

काठमाडौं- प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १ अर्ब १ करोड ४४ लाख रुपैयाँ नाफा आजर्न गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी रहेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँ रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहको छ ।

बैंकको खराब कर्जा ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकले ग्राहकहरूलाई २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवा गरी ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ