+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको साधारणसभा सम्पन्न, वासलात तथा नाफा नोक्सान विवरण पारित

पालिका लाइभ
२०८२ माघ १, बिहीबार

काठमाडौं– प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभाबाट विभिन्न निर्णय पारित भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरण तथा अनुसूची पारित गरेको छ ।

बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मतबाट पारित भएका छन् ।

प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउन्टर कार्यालय, २६९ वटा एटीएम तथा ३१२ वटा शाखा कार्यालयसहित देशभर फैलिएका सञ्जालको माध्यमबाट ३७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ