+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

साधारणसभाबाट १२.५० प्रतिशत नगद लाभांश पारित

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारण सभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

साथै, बैंकको सञ्चालक समितिको ६९९औँ बैठकले अध्यक्षमा सञ्चालक निर्वाणकुमार चौधरीलाई चयन गरेको छ । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

यसैसाथ, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । पौडैल नेतृत्वमा विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)का साथै मर्जर सफल बनाउन महत्त्वपूर्ण भूमिका निभाएको बैंकको भनाइ छ ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम सेवा प्रदान गर्दै आएको छ । नबिलले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ