काठमाडौं– एनएमबी बैंकको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न ३० औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २ खर्ब ८३ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकका हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
प्रतिक्रिया