काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ ।
बैंकले विभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरुलाई लक्षित गर्दै QR Merchant-MBL Smart Loan सेवाको सुरुवात गरेको हो ।
बैंकले क्यु आर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
बैंकका अनुसार यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले MBL M-Smart एप मार्फत नै कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।
डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको जानकारी दिएको छ ।
बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया