+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी नाका खुलेसँगै धमाधम सामान आयात हुँदै

पालिका लाइभ
२०८२ पुष २०, आईतवार

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि नेपालमा विद्युतीय सवारीसाधनको आयात सुरु भएको छ। सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार शनिबार रसुवागढी नाकाबाट १८ वटा विद्युतीय माइक्रो बस नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्षको पहिलो पटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।

यस्तै शनिवार मात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधनका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिवारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँच पास प्रक्रिया सुरु हुने  भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिए ।

उनले बिग्रने वस्तुमा पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँच पास हुने गरेको र नाका खुलेपश्चात् दुई दिनको दौरानमा ९० लाख ८७ लाख राजस्व दाखिला भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ