काठमाडौं- आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय तहले गरेर ५ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी पूँजीगत खर्च गरेका छन्।
महालेखा नियन्त्रकको कार्यालयको एकीकृत विवरणअनुसार संघीय सरकारले २ खर्ब २३ अर्ब, प्रदेश सरकारले १ खर्ब २० अर्ब ९८ करोड र स्थानीय तहले १ खर्ब ५१ अर्ब ६५ करोड पूँजीगत खर्च गरेका हुन्।
यस अवधिमा तीन तहका सरकारको कुल बजेट खर्च १८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। कुल चालु खर्च भने ९ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ, जसको ठूलो हिस्सा संघीय सरकारको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र खर्च र पूँजीगत खर्चमा केही सुधार देखिएको महालेखाले जनाएको छ। यद्यपि संघीय सञ्चित कोष भने २ खर्ब ३६ अर्ब रुपैयाँले घाटामा रहेको छ।
प्रतिक्रिया