+
Search

ताजा अपडेट +

पपुलर +

एकै पटक १३ उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे?

पालिका लाइभ
२०८२ मंसिर २१, आईतवार

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेह्र उपसचिव तथा १८ शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ।

सरुवा हुने उपसचिवमा अधिकांश नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्। मन्त्रालयमा अतिरिक्त समूहमा रहेका ३ उपसचिवको पनि सरुवा भएको छ।

मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उपसचिव उमेशराज रिमाल जिल्ला समन्वय समितिको कार्यालय पर्सा, शेरबहादुर पुन गृह मन्त्रालय तथा ईश्वरप्रसाद आचार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरुवा भएका छन्।

उपसचिव केशवप्रसाद रिजाल तथा शिवहरि पोखरेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा भएका छन्। उनीहरु दुवै जना उदयपुर र सप्तरीको पालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए।

तेह्र जनामध्ये अरु सबै स्थानीय तह तथा जिल्ला समन्वय समितिमा सरुवा भएका छन्।

यसैगरी मन्त्रालयले १८ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ। प्रसौनी गाउँपालिका, बारादेखि तथा तुलसी राम पौडेल अर्घाखाँचीदेखि संघीय मामिला मन्त्रालय सरुवा भएका छन्।

को कहाँ पूगे?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ