+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि सरकारी कार्यालय चार बजे नै बन्द

पालिका लाइभ
२०८२ कार्तिक १६, आईतवार

काठमाडौं– आजदेखि सबै सरकारी कार्यालयहरू अपराह्न ४ बजेसम्म मात्रै खुला रहने भएका छन् ।

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ।

जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ