+
Search

ताजा अपडेट +

पपुलर +

नायिका गीत लिम्बुको ‘सँगै हिँडौँ’ को पोस्टर सार्वजनिक

इमानजङ्ग बानियाँ
२०८२ जेष्ठ १९, सोमबार ०९:४७ गते

गोरखा– चर्चित नायिका गीत प्रिन्सेस लिम्बु अभिनीत नयाँ म्युजिक भिडियो ‘सँगै हिँडौँ’को पोस्टर सार्वजनिक गरिएको छ।

दर्शकको उत्सुकता बढाउने उद्देश्यले सार्वजनिक गरिएको यो पोस्टरले भिडियोप्रति चासो अझ बढाएको छ। अभिनय यात्रा दौरान थुप्रै फिल्ममा आफ्नो उपस्थिति जनाइसकेकी लिम्बुले यसपटक एक भावनात्मक प्रेम गीतमा अभिनय गरेकी छन्।

गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक यमन भारद्वाजको स्वर रहेको छ। गीतको शब्द लेखन एल सी एन गौतमले गरेका हुन् भने संगीत योगेन्द्र उपाध्यायको रहेको छ।

किरण कँडेलले संगीत संयोजन (एरेञ्ज) गरेका छन्, जसले गीतलाई आधुनिक र कर्णप्रिय बनाउने प्रयास गरेका छन्।

भिडियो निर्देशन सुरेन्द्र बसेलले गरेका हुन्। उनले यसअघि पनि चर्चित म्युजिक भिडियोहरू निर्देशन गरिसकेका छन्। भिडियोलाई छायांकन गरेका हुन् दिनेश पराजुलीले भने सम्पादनको जिम्मेवारी दिन्सन साहले लिएका छन्।

छायांकन, सम्पादन र निर्देशनको समन्वयले भिडियोमा उत्कृष्ट प्रस्तुति दिने अपेक्षा गरिएको छ।

नायिका गीत लिम्बुसँग भिडियोमा मोडल शंकर श्रेष्ठले अभिनय गरेका छन्।

उनीहरूको केमिस्ट्रीले भिडियोमा प्रेमभावलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने निर्माण टिमको विश्वास छ। पोस्टर सार्वजनिक भएसँगै अब केही दिनमै भिडियो युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।

निर्माण पक्षका अनुसार, ‘सँगै हिँडौँ’ बहुप्रतीक्षित र मेहनतपूर्वक तयार पारिएको प्रोजेक्ट हो, जसले दर्शकको मन जित्नेमा उनीहरू आशावादी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ
Verified by ExactMetrics