+
Search

ताजा अपडेट +

पपुलर +

निजामती सेवा विधेयकप्रति असन्तुष्टि:

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना, निजामती विधेयकका यी प्रावधानमा असन्तुष्टि

संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरुले सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्। उनीहरुले सेवाशर्त सुधार, समायोजन अवसर र सरुवाको कानुनी सुनिश्चितताजस्ता माग राख्दै सशक्त आन्दोलनको चेतावनी दिएका छन्।

पालिका लाइभ
२०८२ जेष्ठ ११, आईतवार

काठमाडौं– संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरुले आइतबार सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् ।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।

त्यस्तै स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालले बताए ।

विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने भन्दै उनले आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ