+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक

बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए : प्रभु साह

पालिका लाइभ
२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं– आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ,’ उनले भने, ‘एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ ।’

तरलता प्रशोधनको नाममा नेपाल राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ ।

जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सरकारले गर्भनर समेत नियुक्त गर्न नसकेकोमा उनले खबरदारी गरे ।

सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गर्भनर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ ।

अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको बताएका सांसद साहले बैंकरहरूले विदेशमा पैसा लाने गरेको आरोपसमेत लगाए ।

ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको बताए ।

एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैया लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ